पोर्चुगलमा एक नेपाली युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

काठमाडाैं | जेठ ७, २०७९

पोर्चुगलमा एक नेपाली युवा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।

 

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताउनुभयो ।

 

सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको उहाँले बताउनुभयो ।

 

सम्पर्कबिहीन भई बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ यहाँको प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।-

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्